समाचार समाज

सप्तरीमा ब्राउन सुगरसहित २८ वर्षीय युवक पक्राउ

कञ्चनरूप, १८ साउन । सप्तरी प्रहरीले लागू औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार खड्क नगरपालिका–८ पन्सेरा टोल बस्ने २८ वर्षीय राजेश कुमार चौधरीलाई पक्राउ गरिएको हो। 

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो करिब ३:३० बजे चौधरीको घरमा खानतलासी गर्दा उनको आँगनमा रहेको सानो बुुटीभित्र कालो प्लास्टिकले बेरिएको अवस्थामा ब्राउन सुगरजस्तो देखिने पहेँलो पदार्थ फेला पारेको थियो।

प्रहरीले उक्त पदार्थ डिजिटल तराजुबाट तौल गर्दा ८.४८० ग्राम रहेको जनाएको छ। साथै, घटनास्थलबाट विभिन्न दरका रु. ५,४०० नगद, एक थान मोबाइल फोन तथा प्र.२-०२-०१३ प २५६९ नम्बरको यामाहा एमटी मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चौधरीविरुद्ध लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनलाई म्याद थप गरी जिल्ला अदालत राजविराजबाट आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page