समाचार समाज

कञ्चनरुप-७ बलुवाबाट करिब १० किलो गाँजासहित युवक पक्राउ

कञ्चनरूप, १९ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकाबाट प्रहरीले करिब १० किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भोजपुर जिल्लाको पैवादुबा गाउँपालिका–६ निवासी २३ वर्षीय सागर राई रहेका छन्। उनलाई कञ्चनरुप नगरपालिका–७ स्थित बलुवा चोकबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार राईको साथबाट ९ किलो ९ सय ३० ग्राम गाँजा बरामद गरिएको छ। बरामद गाँजासहित उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page