समाचार समाज

कैलालीमा बाल्टिनको पानीमा डुबेर १८ महिने बालकको मृत्यु

कैलाली, २३ साउन । कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरमा पानी भरिएको बाल्टिनमा डुबेर १८ महिनाका बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय दीपक सुवेदीका १८ महिनाका छोरा रामु सुवेदी रहेका छन्। घरमा गाईवस्तुलाई खुवाउन राखिएको पानीको बाल्टिनमा बालक डुबेको अवस्थामा उनकी आमा देवकी सापकोटा सुवेदीले फेला पारेकी थिइन्।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब ११ः३० बजे बाल्टिनबाट निकालिएका बालकलाई तत्काल उपचारका लागि घोडाघोडी अस्पताल, सुखड लगिएको थियो। तर अस्पताल पुर्‍याएको करिब एक घण्टापछि दिउँसो १२ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बालकको शव परीक्षणका लागि दोदोधरा अस्पताल, बौनिया पठाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page