कञ्चनरूप, १ मंसिर । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ रूपनगरस्थित प्रगति टोल निवासी अग्रज समाजसेवी देवीप्रसाद संग्रौलाको ९३ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ उहाँको निधन भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ ।
गाउँका अभिभावकका रूपमा परिचित संग्रौला सरल स्वभाव, परोपकारी भावना तथा सामाजिक सेवामा समर्पित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले स्थानीय स्तरको सामाजिक विकास तथा विभिन्न धार्मिक कार्यमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।
उहाँको निधनको खबरले छिमेकी, आफन्त तथा स्थानीय बासिन्दाहरू स्तब्ध भएका छन् । संग्रौलाको निधनले गाउँले एक अभिभावक तथा समाजसेवी व्यक्तित्व गुमाएको स्थानीयको भनाइ छ ।
पारिवारिक स्रोतका अनुसार स्वर्गीय संग्रौलाको पार्थिव शरीरलाई बुधबार बिहान कोशी घाटमा लगेर धार्मिक परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिने भएको छ ।
स्वर्गीय संग्रौलाका २ छोरा, २ बुहारी र ८ छोरी रहेका छन् ।








