मधेस प्रदेश समाज

सप्तरीमा खेल्ने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु

सप्तरी, २८ भदौ । सप्तरीमा घर नजिकै रहेको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका ७ भगवतपुरका सचिन्द्र सदाका ५ वर्षिय छोरा सुदिप कुमार सदा रहेका छन ।
घर नजिकै स्थानीय बसन्त सरदारको पोखरीमा खेल्ने क्रममा अचानक डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पोखरीमा डुबेर घाइते बालकको तत्काल राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारको लागि ल्याएको तथा उपचारका क्रममा उनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page