बिरेन्द्र बजार, २३ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ७ हरिपुर हुँदै वडा नम्बर ९ प्रमाणपुरको बीचमा बग्ने सुरुङ्गा नदीको कटान क्षेत्रको शनिबार एक उच्च स्तरीय टोलिले अनुगमन गरेको छ ।
नदि कटान नियन्त्रणका लागि प्रदेश सभा सदस्य अनिरुद्व सिंह यादव नेतृत्वको अनुगमन टोलिले निरीक्षण गरिएको हो ।
नदी कटानको वर्तमान अवस्थाबारे जानकारी लिई त्यसलाई नियन्त्रण गर्ने उदेश्यले कटान क्षेत्रको अनुगमन गरेको प्रदेश सभा सदस्य यादवले बताउनु भयो । टोलीले सुरुङ्गा नगरपालिकाको वडा नम्बर ९ को टिकुलियाको दनरी नदि , प्रमाणपुरको सुरुङ्गा नदि लगायत कटान क्षेत्रको अनुगमन गरेका छन्। अनुगमनबाट नदी नियन्त्रणको आवश्यकता पहिचान गर्ने र सोही अनुरुप दिर्घकालिन तथा अल्पकालिन अवस्था न्यूनीकरण गर्न योजना निर्माण गरी अघि बढ्ने प्रदेश सभा सदस्य अनिरुद्व सिंह यादवले बताउनु भयो ।
सुरुङ्गा नदिको कटानले वर्षेनी खेतीयोग्य जमिन बगाउने तथा बस्ती र सडकहरु समेत बिस्थापित गर्ने गरेकाले आफुहरु त्रसित अवस्थामा रहेको स्थानीयहरु बताउछन् ।
कटान नियन्त्रण गरी समस्या समाधानका लागि स्थानीयहरुले सरकारलाई बारम्बार आग्रह गर्दै आए पनि त्यसको निकास तर्फ कसैको ध्यानाकर्षण हुन सकेको थिएन ।
Add Comment