समाचार

नागरिक उन्मुक्ति पार्टीले भोलि देखि गर्ने भनेको नेपाल बन्द तत्कालको लागि फिर्ता

काठमाडौं । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले भोलि देखि १० गते सम्म गर्ने भनेको नेपाल बन्द तत्कालको लागि फिर्ता लिएको छ।
प्रधानमन्त्रीले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्‍दै शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर सबै बन्दका कार्यक्रम फिर्ता लिइएको जनाइएको छ ।
विज्ञप्तिमा भिनएको छ, सरकार पक्षबाट सम्मानिय प्रधानमन्त्री द्धारा सदनमै “लाल आयोग” प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेवुल भैसकेको लगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भएपनि निकाल्ने प्रतिवद्धता संसदमै जाहेर गर्नुभएको हुंदा सरकार पक्षसंग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकोले प्रेस विज्ञप्तिमा आहवान गरिएको “नेपाल बन्दू कार्यक्रम अर्को सूचना नआउँदा सम्म स्थगित गरिएको छ।

   

You cannot copy content of this page