समाचार

सप्तरीमा एमालेले पाँच बुदे माग राख्दै सिडिओमार्फत प्रधानमन्त्रीलाई पठायो ध्यानाकर्षणपत्र

खगेन्द्र कार्की /
फत्तेपुर, २३ श्रावण । नेकपा एमाले सप्तरीले विभिन्न पाँच बुदे माग राख्दै मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ। नेकपा एमाले सप्तरीले विभिन्न पाँच बुदे माग राख्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाइ ज्ञापन पत्र बुझाएको हो ।
नेकपा एमाले सप्तरी जिल्ला अध्यक्ष ताराकान्त चौधरीको नेतृत्वमा गएको टोलिले ध्यानाकर्षण पत्र बुझाएको छ।
एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा सप्तरी जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरि पीडित किसानहरुलाइ क्षतिपुर्तिको ब्यबस्था गर्नु पर्ने, सम्पुर्ण किसानहरुको जग्गामा सिचाइको ब्यबस्था गर्नु पर्ने, मल खाद्यको ब्याबस्था गर्नु पर्ने, पशुमा लम्पी स्किन नामक रोगबाट मरेका पशुको क्षतिपुर्ति दिनु पर्ने, पशुमा लम्पि स्किन नामाक रोगको अबिलम्ब रोकथाम र उपचारको ब्यबस्था गर्नु पर्ने तत्कालका लागि माग राखिएको नेकपा एमाले जिल्ला पार्टी सचिव देवनाथ यादवले जानकारी दिए ।
प्रदेशको सबै भन्दा बढि खेति हुने जिल्ला सप्तरी रहेको र सबै भन्दा बढि जनता कृषि पेसामा आत्मनिर्भर रहेकोले कृषि पेसामा ध्यान दिन सरकारलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको यादवले बताए ।

सप्तरी जिल्लामा ७२ हजार हेक्टर जग्गा रहेको र त्यस मध्ये ६८ हजार हेक्टर जग्गा खेति योग्य रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । खडेरीका बाबजुद ८५ प्रतिसत जग्गामा रोपाइँ भएता पनि ५५ प्रतिसत रोपाइँ भएको जग्गा प्रत्यक्ष खडेरीको मारमा परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। एमालेले नेपालको संविधान २०७२ को अनुसूची ६ मा प्रदेश र संघ सरकारको अधिकार र दायित्व अन्तर्गत कृषि तथा पशुपंक्षी विकासको जिम्मेवारी तोकिदिएको अवस्थामा समेत प्रदेश र संघ सरकारले किसानलाई पिडा दिएको ज्ञापनपत्रमा लेखिएको छ ।
नेपालको संविधान २०७२ जारी भइ तराईका आठ जिल्ला समेटेर गठन गरिएको मधेश प्रदेश सरकारको बितेको ६ वर्षको कामले संविधानले परिकल्पना गरेको अधिकार र जिम्मेवारी कार्यान्वयन नभएको बताइएको छ भने मधेशका जनताको समग्र विकास अगाडि बढ्न नसकेको उल्लेख छ ।

एमालेले जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई सचेत गराएको छ । वाढि, पहिरो र डुवान जस्ता समस्यामा क्षती हुन नदिन र राहतका कार्यक्रमको लागि पूर्व तयारी थाल्न ध्यानाकर्षण गराएको एमाले नेता दिवाकर देवकोटाले बताए ।
नेकपा एमालेले साउन २३ गते मधेश प्रदेशका ८ वटै जिल्लाका जिल्ला प्रशासन कार्यलय मार्फत आआफ्नो जिल्लाका समस्या सहित ज्ञापन पत्र वुझाएको छ ।
उक्त अवसरमा नेकपा एमाले केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटा, केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला सह इन्चार्ज सरिता गिरि यादव, मधेश प्रदेश समिति सदस्यहरु वसन्त मिश्र ,अशोक कुमार यादव, हिरण्य प्रसाद गुप्ता, कलिम मियाँ, जिल्ला सचिव देवनाथ यादव, उपसचिव अखलेश झालगायत विभिन्न जनवर्गीय संगठनका पदाधिकारीसहित एमालेका विभिन्न तहका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रजिअ थापाले तपाईहरुको माँगलाई सम्वोधन गराउन सरकारलाई ज्ञापन पत्र पेश गरी जिल्लाको वस्तु स्थितिवारे जानकारी दिने बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page