मधेस प्रदेश समाचार

मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

सप्तरी । मधेश प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भोलि सोमवार प्रदेश भरी सार्वजनिक बिदा दिएको छ ।
मधेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव संदिप कुमार सिंहद्वारा जारी सूचनामा पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौं ३१ गते सोमवार सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ । 
मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट २०८० चैत ११ मा पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा विदा दिने निर्णय गरिएको थियो । सोही आधारमा यसवर्ष पनि विदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।
पैगम्बर मोहम्मद मुस्लिम धर्मका प्रवर्तक हुन् । उनको जन्मदिन विश्वभरका मुस्लिम समुदायले धुमधामका साथ मनाउने गरेका छन् ।

   

You cannot copy content of this page