मधेस प्रदेश शिक्षा समाचार

अत्यधिक गर्मी बढेपछि कञ्चनरूपका विद्यालयहरू दुई दिन बिदा

कञ्चनरूप , ७ असोज । गर्मी बढेसँगै तराईको जनजीवन कष्टकर बन्दै गएको छ । पछिल्लो साता गर्मी बढेपछि सप्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ ।
जिल्लाको कञ्चनरूप नगरपालिकाले अत्यधिक बढेको गर्मीकै कारण भोलि र पर्सि गरी दुई दिन विद्यालय बिदा दिने निर्णयमा गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै असोज ८ र ९ गते सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो ।
सप्तरीमा असोज यता ४० डिग्री सेल्सियस तापक्रम रहँदै आएको छ ।
घामको प्रचण्ड राप बढेर कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरुको स्वास्थ्यलाई ध्यान दिँदै दुई दिन बिदाको निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
साथै असोज १० गते देखि १६ गतेसम्म विहान ६:०० बजे देखि ११:०० बजेसम्म संचालन गर्नु गराउनु हुन सूचना मार्फत सम्बन्धित सवै प्रधानाध्यापकहरुलाई जानकारीको लागि अनुरोध गरेको छ ।
कञ्चनरूप नगरपालिकाले गर्मी छल्न बिदा दिएपछि जिल्लाका अन्य स्थानीय तहले पनि बिदा दिने तयारी गरेका छन् ।
तापक्रम बढेसँगै बिहानैदेखि गर्मी हुँदा मानिसहरूको जनजीवन प्रभावित बनेको छ ।
जिल्लामा असोज लागेपछि बढेको प्रचण्ड रापले सरकारी कार्यालयमा काम विशेषले पुग्ने सेवाग्राही निकै घटेका छन् ।
यसैगरी हाटबजार, यातायात र व्यापारिक प्रतिष्ठानमा पनि चहलपहल घटेको छ ।

   

You cannot copy content of this page