मधेस प्रदेश समाचार

सप्तरीको कंकालिनी मन्दिरमा ६ सय ११ राँगा र ६ हजार बढी बोकाको बली दिइयो

कञ्चनरूप , २६ असोज । सप्तरीको कंकालिनी मन्दिरमा ६ सय ११ वटा राँगा र ६ हजार भन्दा बढी बोकाको बली दिईएको छ । दशैको नवौं दिन शुक्रबार महानवमीको असारमा उक्त परिणाममा राँगा तथा बोका बली दिइएको हो ।
कंकालिनी मन्दिरमा प्रत्येक वर्ष दशैको नवमीका दिन राँगाकाे बली दिइने गरिन्छ । महानवमीका दिन ६ सय ११ वटा राँगा तथा ६ हजारबढी बोकाकाे बली दिइएको मन्दिर विकास समितिले जनाएको छ ।
गत बर्ष महानवमी मन्दिरमा ६ सय ३ वटा राँगाकाे बली दिइएको थियोे । यसबर्ष १८ राँगा र सयौंको संख्या बोका गत बर्षको तुलना बलीको संख्यामा वृद्धि भएको जनाइएको छ ।

   

You cannot copy content of this page