मधेस प्रदेश समाचार

एक महिनादेखी हराइ रहेका पोखरेल धानबारिमा मृत अवस्थामा फेला

कञ्चनरूप , १ कात्तिक ।
एक महिना देखि हराई रहेका सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ रुपनगर बिष्णु मन्दिर टोलका ५५ वर्षीय ज्ञानमणि पोखरेलको शव मृत अवस्थामा फेला परेको छ । कञ्चनरुप-९ स्थित रुपनगरमा मंगलबार पोखरेलको शव मृत अवस्थामा धान खेतमा फेला परेको हो ।
पोखरेल बिगत एक महिनादेखि सम्पर्कविहिन थिए । शव भेटिएको स्थानमा स्थानीय बासिन्दाहरूले बिहान शव गन्हाईसकेको अवस्थामा देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी घटनास्थलमा पुगेपछि प्रारम्भिक अनुसन्धान गरेर शवलाई पोस्टमाटमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
शवको अवस्था हेर्दा केही दिनअघि नै मृत्यु भएको हुन सक्ने तथा बुधबार पोष्टमार्टमको तयारी भइरहेकोले त्यसपछि मात्र थप कुरा खुल्ले इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले बताए ।
घरबाटै हराएका पोखरेलको अवस्था एकमहिनादेखी अज्ञात रहेको थियो ।
पोस्टमार्टम गरि सकेपछि डिएनए परिक्षणका लागि घोपा क्याम्प धरान पठाइएको र मृत्युका बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page