समाचार समाज

बाँकेको इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज, २० साउन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ।

प्रहरीका अनुसार साउन १८ गते बिहान करिब ११:२० बजे इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो। सोही दुर्घटनामा ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।

घाइते कोरीलाई तत्काल उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा साउन २० गते बिहान करिब ३:३० बजे उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

   

You cannot copy content of this page