कञ्चनरुप (सप्तरी) , साउन २४ गते । सप्तरीमा ट्यांकरको ठक्करबाट एक ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका–६ कठौनामा ट्यांकरको ठक्करबाट बाराको आदर्श कोतवाल गाउँपालिका ३ की ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
ना ४ ख २८०० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्दै गरेकी उनलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख २४४१ नम्बरको ट्यांकरले शनिवार राती ९ बजे ठक्कर दिएको थियो ।
उपचारको लागि रुपनीस्थित युनिक अस्पताल पु¥याउना साथ गिरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने ट्याङ्कर र ट्याङ्कर चालक मोरङ्गको विराटनगर महानगरपालिका–४ खाडीकोबरा बस्ने ४५ वर्षीय गणेश मंडललाई रुपनी प्रहरीले नियन्त्रणमा लिएको छ। शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।
सप्तरीको कठौनामा ट्यांकरको ठक्करबाट एक ६५ वर्षीया महिलाको मृत्यु











Add Comment