कोशी प्रदेश समाचार

मोरङबाट चोरी भएको मोटरसाईकल सहित ४ जना पक्राउ

मोटरसाईकल सहित ४ जना पक्राउ
मोटरसाईकल सहित ४ जना पक्राउ

बिराटनगर, पुष ०७ गते । मोरङ प्रहरीले चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न चार जनालाई पक्राउ गरेको छ ।
बिराटनगर महानगरपालिका ४ नोबेल अस्पतालको पार्किङ एरियाबाट यही पौष ०५ गते हराएको को ३९ प २४४२ नम्बरको मोटरसाईकल खोजतलास गर्ने क्रममा ०६ गते राती ८ बजे बिराटनगर ४ बुढाथोकी मार्गबाट चोरी भएको मोटरसाईकल सहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बिराटनगर ४ का २० बर्षीय बिबेक थान्दार र अमन थान्दार, बुढिगंगा गाउँपालिका २ का २० बर्षीय पुजन थान्दार तथा दुहवी नगरपालिका १० सुनसरीका २० बर्षीय नगेन्द्र चौधरी रहेका छन् ।
उनीहरुले चोरी गरी लगेको मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी बुढाथोकी मार्गमा डोर्‍याउँदै गरेको अबस्थामा फेला पारी पक्राउ गरीएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page