राजविराज , पुष २० गते । सप्तरीमा आफ्नै घरमा झुण्डिएको अवस्थामा एक युवतीको शव फेला परेको छ ।
राजविराज नगरपालिका वडा नम्बर ८ की १८ वर्षीया रिना कुमारी यादवको आईतवार आफ्नै घर भित्र रहेको सिलिङ्ग पंखामा पासो लगाई झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सुत्ने कोठामा झुण्डिएको अवस्थामा शव देखिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । घरायसी कारणले आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
मृतकको शवको स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा पोष्टमार्टम गराई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment