अन्तराष्ट्रिय प्रवास

अमेरिकी राजधानी वासिङ्टनमा कर्फ्यु ;ट्रम्पका समर्थकले राजधानी वासिङ्टन डीसीमा हिंसा भड्काए

एजेन्सी : अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले राजधानी वासिङ्टन डीसीमा हिंसा भड्काएका छन् । सडकमा निस्किएर हिंसात्मक प्रदर्शन शुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टनमा कर्फ्यु लगाइएको छ ।

ट्रम्प समर्थकले बुधबार क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका हुन् । अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका हुन् ।

अमेरिकी कंग्रेसले डेमोक्रेटक उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गर्ने कार्यक्रम अघि हिंसात्मक प्रदर्शन भएको हो । राष्ट्रपति ट्रम्पका समर्थकहरुले चुनाव रद्द हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

केही ठाँउमा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको छ । 

त्यस्तै ट्रम्पले नै हिंसा भड्काउन सघाएको भन्दै रिपब्लिकन सांसदका साथै पूर्वराष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टनलगायतले पनि कडा आलोचना गरेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page