स्वास्थ्य

पोषण मैत्री स्वास्थ्य संस्था घोषणा तयारीको लागि एक दिने गोष्ठि सम्पन्न

कञ्चनरुप , २०७७ पुष २८ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुरले आज मंगलबार पोषण मैत्री स्वास्थ्य संस्था घोषणा तयारीको लागि एक दिने गोष्ठि सम्पन्न गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले कुपोषण भएका बालबालिकाको तथ्याङ्क संकल गरी तिनीहरुलाई पोषणयुक्त खानेकुरा खुवाई कुपोषणबाट मुक्त गराई पोषण मैत्री स्वास्थ्य संस्था घोषणाको तयारीमा जुट्न सबैलाई अनुरोध गर्नुभयो ।
उपप्रमुख निरु पोखरेल , निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका , स्वास्थ्य शाखाका सह–संयोजक डम्बर प्रसाद गुप्ता , सुरेन्द्र प्रसाद यादव लगायतका वक्ताहरुले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा अति नै महत्वपूर्ण रहेकोले तयारीका साथ यो कार्यमा जुट्न सबैलाई अनुरोध गर्नुभयो ।

स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले तोकिएको मापदण्ड पुरा गरी प्रत्येक स्थानिय तहबाट कम्तिमा एउटा स्वास्थ्य संस्थालाई पोषण मैत्री घोषणा गर्ने र त्यसको स्थायित्वका लागि सरोकारवालाहरलाई संलग्न गर्ने कार्यक्रमको उदेश्य रहेको जानकारी गराउनुभयो ।
न्गरपालिकाका सबै वडा अध्यक्षहरु, स्वास्थ्य संस्थाका इन्चार्जहरु सहभागी गोष्ठिमा प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरका प्रमुख डा. संजिव कसमार झाले सहजीकरण गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page