समाज

वोनम्यारो रोग लागेका १६ वर्षीय नेपालीको परिवारलाई आर्थिक सहयोग

उत्सव आचार्य /
कञ्चनरुप , २८ पुष ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का वोनम्यारो रोग लागेका १६ वर्षीय बालकको परिवारलाई स्थानियले आर्थिक सहयोग गरेका छन् ।
समाजसेवी देवनारायण श्रेष्ठको अगुवाईमा गाउँघरमा आर्थिक संकलन गरी जम्मा भएको १५ हजार ५ सय रुपियाँ पत्रकार सम्मेल गरी वोनम्यारो लागेको व्यक्ति कञ्चनरुप –१२ सितापुर (दौलतपुर) का वर्ष १६ का राजिव नेपालीका बुबा मनकुमार नेपालीलाई एकमुस्ट नगद रकम हस्तान्तरण गरिएको छ ।
नेपाली सुनाखरी इङ्गलिस बोर्डिङ्ग स्कुलमा कक्षा ८ मा अध्ययन गर्दै छन् – एक्कासि बिरामी भएपछि उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरान लगियो । उनको एक महिना देखि धरानमै उपचार गराइरहेको पारिवारीक श्रोतले बताएको छ ।
धरानबाट रोग परीक्षणका लागि भारत लगिएको र त्यहाँ वोनम्यारो रोग लागेको पत्ता लागेपछि उनको परिवार ज्यादै चिन्तित भएका छन् ।


घरको आर्थिक अवस्था ज्यादै कमजोर भएकाले २ सन्तान मध्ये जेठो छोरालाई यस्तो ठुलो रोग लागेपछि गहभरी आँशु झार्दै सबैलाई आर्थिक सहयोग गरी छोरालाई बचाई दिन अनुरोध गर्नुहुन्छ नेपालीका बुबा मनकुमार नेपाली ।
उनको उपचारको लागि २५÷३० लाख खर्च लाग्ने, धरानमा उपचार हुन असम्भव रहेको र काठमाडौंको सिभिल अस्पतालमा लगेर उपचार गरे रोग निको हुने समाजसेवी देवनारायण श्रेष्ठले बताउनु भयो ।
ज्यालामजदुरी गरेर घरको जिविकोपार्जन गर्दै आएका मनकुमारलाई एक्कासी छोराको उपचारका लागि २५÷३० लाख खर्च लाग्ने भएकाले त्यत्रो ठुलो रकम जम्मा गर्न आफू नसक्ने भएकाले प्रभु बैंकमा रहेको खाता नम्बर ०५४०१३०३९१७०००१२ मा रकम जम्मा गरी आफ्नो छोरालाई बचाइदिन देशविदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

समाजका एकजना युवा मृत्युको शैयामा भौतारी रहेको छ हाम्रो थोरै थोरै सहयोगले उसको जीवन बच्छ भने सहयोग किन नगर्ने ?

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page