राजनीति

जैनुदिन मियाँको अध्यक्षतामा १ सय ५ सदस्य राष्ट्रिय युवा संघ कञ्चनरुप नगर कमिटी गठन

उत्सव आचार्य /

कञ्चनरुप (सप्तरी) चैत २१ गते । जैनुदिन मियाँको अध्यक्षतामा १ सय ५ सदस्य राष्ट्रिय युवा संघ कञ्चनरुप नगर कमिटी गठन भएको छ ।
शनिवार सप्तरीको कञ्चनरुप नगरपालिका–९ स्थित रहेको फूलवारी पार्टाी प्यालेस तथा रिर्सोटमा आयोजित कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नं २का इन्चार्ज सत्यनारायण मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले सो नगर कमिटी गठन गरेको हो ।

उपाध्यक्ष, सचिव, सह–सचिव, र कोषाध्यक्षमा क्रमश : अजय कुमार पासवान, धर्मेन्द्र थापा मगर, विदुर कुमार गुप्ता र बसन्ती देवी चौधरी रहेका छन् ।
नव गठित नगर कमिटिका पदाधिकारीहरुलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य मण्डलले सपथ ग्रहण गराउनुभएको थियो भने नेकपा एमालेका कञ्चनरुप नगर कमिटिका अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

You cannot copy content of this page