समाज स्वास्थ्य

बागलुङ बजारको एक विद्यालयका ८ जना विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टि

बागलुङ, २४ चैत । बागलुङ बजारको एक विद्यालयका ८ जना विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा मंगलबार बागलुङ नगरपालिकाको एक विद्यालयका ८ जना विद्यार्थीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै छात्रा विद्यार्थीहरु रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले एकै विद्यालयका १८, २८, १७, १७, १९, १८, १९ र २३ वर्षिया छात्राहरुलाई संक्रमण पुष्टि भएको बताउनुभयो ।
संक्रमितहरु ६ जना होस्टेलको आइसोलेसन र २ जना होम आइसोलेसनमा रहेको प्रमुख खनालले बताउनुभयो । उहाँले २ जना विद्यार्थीहरुलाई कोरोनाको लक्षण देखिएपछि परिक्षण गर्दा संक्रमण देखिएपछि अन्य लक्षण देखिएका ६ जना विद्यार्थीहरुको पनि स्वाब परिक्षण गर्दा उनीहरुलाई पनि संक्रमण पुष्टि भएको बताउनुभयो ।
एकै विद्यालयका ८ जना विद्यार्थीहरुलाई संक्रमण देखिएपछि उक्त विद्यालय १० दिनको लागि बन्द गरिएको प्रमुख खनालले बताउनुभयो ।
पछिल्लो समय बागलुङमा कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ । बागलुङ नगरपालिकामा २६ जना सक्रिय संक्रमित रहेको प्रमुख खनालले जानकारी दिनुभयो ।khabarway

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page