कोशी प्रदेश समाज

कोशी नदीमा हामफालेका ८४ वर्षीय बृद्धको सकुशल उद्धार

सुनसरी, चैत्र २५ गते । प्रहरीले कोशी नदीमा हामफालेका बृद्धको सकुशल उद्धार गरेको छ ।
झापा बिर्तामोड नगरपालिका ३ का ८४ वर्षीय जोगिन राजवंशीको प्रहरीले सकुशल उद्धार गरेको हो ।
आज बुधबार सवा ४ बजेको समयमा कोशी नदीमा एक ब्यक्तिले हामफालेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी कोशी ब्यारेजबाट तत्काल खटिएको प्रहरी टोलीले स्थानीय माझिहरुको सहयोगमा कोशीमा बगिरहेको अवस्थामा सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page