मधेस प्रदेश समाचार

प्रदेश २ सरकारद्वारा प्रत्येक स्थानीय तहलाई आइसोलेसन सेन्टर बनाउन आग्रह

जनकपुरधाम । प्रदेश २ सरकारले प्रत्येक स्थानीय तहलाई आइसोलेसन सेन्टर बनाउन आग्रह गरेको छ । आज सोमबार प्रदेशस्तरीय कोभिड १९ संकट व्यवस्थापन समन्वय समितिको बसेको बैठकले हाल बढ्दै गएको संक्रमणको दरलाई दृष्टिगत गर्दै प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा एउटा आइसोलेसन सेन्‍टर बनाउन स्थानीय तहहरूलाई आग्रह गर्ने निर्णय गरेको छ ।
बढ्दै गएको कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि साबून पानीले हात धुने, सेनिटाइजर प्रयोग र भौतिक दूरी कायम गर्नेलगायतका मापदण्ड पालना गर्न सम्बन्धित निकायलाई जनचेतनामूलक कार्यक्रम गर्न लगाउनेसहितका ५ बुँदे निर्णय गरेको छ ।
कोभिड १९ को रोकथाम उपचार तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अस्पताल तथा प्रयोगशालाका लागि आवश्यक जनशक्ति पहिचान गरी जिल्ला संकट व्यवस्थापन समितिको सिफारिससहित व्यवस्थापनका लागि समाजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page