मधेस प्रदेश

सप्तरीका १ सहित प्रदेश २ मा ९० जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी । सप्तरीका १ जना सहित प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ सय ५९ पुगेको छ ।
प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा ७५, बारामा ९, रौतहटमा १, सर्लाहीमा ३, सप्तरीमा १ र प्रदेश बाहिरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page