स्वास्थ्य

स्वास्थ्यकर्मीको टोली सहित नगर प्रमुख मिश्र दलित बस्तीमा ,निःशुल्क स्वास्थ्य सेवा पाउँदा दलित समुदाय हर्षित

डम्बर राई – उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) , ८ वैशाख ।
आफ्नै गाउँघरमा विभिन्न रोगको निःशुल्क उपचार गर्ने भनि डाक्टर तथा स्वास्थ्यकर्मीहरुको टोली आएको देखेर कञ्चनरुप नगरपालिका ३ का रामटोल, तत्मा र सदा टोलका दलितहरु हर्षित भएका छन् । कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले दलित बस्तीमा निः शुल्क घरदैलो स्वास्थ्य शिविर चलाउँने रे भन्ने खबर पाउना साथै बिहान ८ बजे देखि नै स्थानिय दलित राष्ट्रिय प्राथमिक विद्यालयको प्राङ्गणमा तिनै टोलका दलित समुदायका स—साना वालवालिका देखि वयबृद्व महिला पुरुष लाइनमा बसीसकेका थिए ।

मुख,नाक, कान, घाटी,पेट, घाउ खटिरा, दाँत, लगायत जनरल सबै रोगको निःशुल्क उपचार ल्याव परिक्षण समेतको सेवा आफ्नै गाउँघरमा हुने भएकोले आफुहरु काम छाडेर जचाउँन आएको स्थानिय दलितहरुले भने, यस बस्तीमा यो सेवा पहिलो पल्ट हो, हामीहरु त शिविर आउँने भन्ने खबर सुन्नासाथै दंग पनि परेका थियौं । साविक गाविस बरमझिया ६ र ७ मा पर्ने तिन वटै टोलका डेढसय घरधुरीका सदा,मुसहर, राम, समुदायका वसोवास भएको यस बस्तीका दयनिय समुदाय रोग तथा शरीरका पिडा बोकेर पनि उपचार गराउँन नसक्ने दलित समुदाय प्रति नगरपालिकाले निःशुल्क शिविर आयोजना गरेर स्वास्थ्य सेवा प्रदान गरेको यो पहिलो हो ।
दलित समुदाय अझै पनि पछाडी छन् हकले पाउने सुविधा पनि यिनिहरु लिन सक्दैनन्, शिक्षा, रोजगार, आयआर्जन जस्तामा यी समुदाय अरु समाजको तुलनामा आउँन नसक्ने भएकोले स्वास्थ्य मात्रै होइन अन्य सेवा सुविधामा नपाले व्यवहारमा समेट्नु पर्छ भन्ने ठम्याई छ ।

यसै अनुरुप आफैले स्वास्थ्यकर्मीको टोलीसंगै औषधीहरु बोकेर पुगेका नगर प्रमुख बसन्त कुमार मिश्रले शिविरमा उपचारका लागि आएका स्थानियहरुका समस्याबारे शिविर उदघाटनपूर्व जानकारी लिनुभएको थियो । कोभिड १९ को दोस्रो महामारीसंगै अन्य रोगहरुबाट बच्न सबैभन्दा पहिला आफै सचेत हुदै आफू बाचौं अनिमात्र अरुलाई बचाउँन सकिने कुरा नगर प्रमुख मिश्रले बताउनुभयो ।
सो शिविरको उद्घाटन गर्दै उहाँले भन्नुभयो, स्वास्थ्य जीवनमा पहिलो हो स्वास्थ्य नै कमजोर वा रोगी भए जो कसैलेपनि केहि गर्न सक्दैन तसर्थ आफु र आफ्नो बालबच्चाको स्वास्थ्यमा ध्यान दिनुपर्छ । हरेक बर्ष गरीव, दलित , असहाय लगायतका समाजका लागि केहि न केहि काम गरेरै आएको सूचित गराउँदै उहाँले भन्नुभयो, भावीदिनमा पनि सक्दो सहयोग रहनेछ तर आफुले गरेको सहयोग दुरुपयोग नहोस् । सबै रोगको उपचार कञ्चनपुरमै हुनसक्ने दृढता लिइएर नपाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ । आँखा, दाँतको थप भई दक्ष डाक्टरबाट उपचार हुदैछ अब निकट भविष्यमै सर्पदंशको पनि उपचार शुरुवात हुनेछ नगर प्रमुख मिश्रले बताउनुभयो ।
नगर प्रमुख मिश्रको अध्यक्षता र स्वास्थ्य शाखाका सह–संयोजक सिअहेव अधिकृत डम्वर प्रसाद गुप्ताले संचालन गरेको आयोजित शिविरको उद्घाटन समारोहमा शाखा संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले शिविरको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

शिविरमा जनरल सबै रोगमा गरी एक सय ८८ जनाले उपचार गराएका छन् । यस्तै पुरुष १६ र ११ महिलाले ल्याब परिक्षण गराएको स्वास्थ्य शाखा सुरेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
परीक्षण तर्फ इबिसी ४, विडल ४, टिसी २०, डिसी २०, एचबी २३ र युरिन आर सी २४ जना रहेका छन् । जनरल उपचारमा पुरुष ५९ जना र महिला एकसय २९ जना थिए ।
पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी का अनुसार एमबिविएस डा. आकाश रौनियार, डेन्टल संजय साह, जनस्वास्थ्य निरिक्षक डा.विरेन्द्र कुमार साह, स्टापनर्स कविता गुप्ता, विएमएल्टी ल्याब ओम प्रकाश यादव, ल्याब टेक्नीसियन हरी नारायण मालाकार, ल्याब असिस्टेन्ट मनोज कुमार साह, हेल्थ असिस्टेन्ट वेरानन्द साह र स्वास्थ्य कर्मचारी लगायतका सेवा रहेको सबै रोगीलाई निःशुल्क औषधी उपलब्ध गराइएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page