कोशी प्रदेश समाज

ताप्लेजुङको मेरिङदेनमा बन्दुकले हानी ५० वर्षीय पुरुषको हत्या

ताप्लेजुङ, बैशाख १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा बन्दुकले हानी ५० वर्षीय पुरुषको हत्या गरिएको छ ।
मेरिङदेन गाउँपालिका २ जिदिमाका २९ वर्षीय प्रताप भन्ने आकाश लिम्बुले भरुवा बन्दुकले हानी सोही स्थानका ५० बर्षीय खडक बहादुर लिम्बुको हत्या गरेका छन् ।
बिहीबार बेलुका साढे ५ बजे खडक बहादुर आफ्नै घरमा बसिरहेको अबस्थामा आकाशले एक्कासी बन्दुकले हानी हत्या गरेका हुन । उनलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
आकाशले प्रयोग गरेको भरुवा बन्दुक भने घटनास्थल देखी अन्दाजी ७० मिटर टाढा बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
हत्या गरेको कारण भने तत्काल नखुलेको सो कार्यालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page