सप्तरी । सप्तरीमा आज आइतबार एकै परिवारका ११ जनासहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या २६ पुगेको छ ।
संक्रमण हुनेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका–३ तरही हटैलका ७ महिला र ४ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिनुभयो ।
यसैगरी राजविराज–९ की एक महिला, हनुमाननगर कंकालिनी नगरपालिका–४ का एक तथा विष्णुपुर गाउँपालिका–१ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment