स्वास्थ्य

आज नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण ,थप १२ जनाको मृत्यु

काठमाडौं । आज नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ ।
आज १२ हजार ४ सय पिसीआर परिक्षण गर्दा ३ हजार ४ सय ४२ र ८ सय ९३ एन्टीजेन परिक्षण गर्दा १ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज सङ्क्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय ७६ पुगेको छ ।
यस्तै आज ३ सय ७८ जना निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको छ ।
हाल देशभर २२ हजार ४ सय ३४ सक्रिय संक्रमित रहेका छन् जसमध्ये २ सय ६८ जनाको आइसियु र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page