स्वास्थ्य

आज थप ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण ,थप २८ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ ।
थप २८ जनाको मृत्यु भएको छ । आइतबारको तथ्यांकमा मृतक संख्या ३१६४ पुगेको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १९ हजार ३८२ पुगेको छ ।
आइतबारसम्म २५२ जना आईसीयूमा र ६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा ९ वर्ष मुनिका ६२ जना र १० देखि १९ वर्षसम्मका २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page