कञ्चनरुप (सप्तरी) । सप्तरीमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको सुरुङ्ग नगरपालिका – १ तेतरियाका १६ वर्षीय रामु सदाको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बुधबार दिउँसो घरमा मोवाइल चार्ज गर्ने क्रममा बायाँ हातको औलामा करेन्ट लागेर घाइते भएका सदाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमका लागि सिरहाको लहानस्थित अस्पताल लहान सिराहामा राखिएको छ भने घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment