समाज

करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु

खोटाङ, बैशाख २२ गते । खोटाङको हलेसी तुवाचुङमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका ५ का लोकेन्द्र राईको १० वर्षीय छोरा टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको हो ।
आज बिहानको समयमा घरबाट दिदीको घर तर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page