स्वास्थ्य

नेपालमा थप ५० जनाको मृत्यु , ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९०२३ तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ५० जनाको मृत्यु भएको छ । हालसम्म ३५ सय ७९ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page