स्वास्थ्य

सप्तरीको कञ्चनरुपमा एक बालक सहित १७ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप (सप्तरी), २४ वैशाख । सप्तरीको कञ्चनरुपमा आज शुक्रबार एक बालक सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको प्रयोगशालामा २१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा एक बालकसहित १७ जनामा संक्रमण देखिएको हो । सबै भन्दा बढी वडा नम्बर ८ मा १३ जनामा संक्रमण देखिएको छ ।
संक्रमित हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का १९, १९, ४०, ५८, १७, १९, ७५, १५ र ५८ वर्षीय पुरुष र ४०, ३१, ६४ र १७ वर्षीया महिला , वडा नम्बर २ का ९ वर्षीय बालक तथा ५० वर्षीय महिला , वडा नम्बर १२ का ३३ र ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा कञ्चनरुपले जनाएको छ ।
यो सँगै कञ्चनरुपमा सक्रिय कोरोना संक्रमितको संख्या ४६ पुगेको छ । जसमा ४३ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् भने दुई जना विराटनगरमा उपचाररत छन् , एक जना राजविाराजमा उपचाररत रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page