समाज

कञ्चनरुपमा वडा नम्बर-८ का १७ जना सहित २७ जनामा कोरोना सङ्क्रमण पुष्टि

कञ्चनरुप (सप्तरी) , २६ वैशाख । सप्तरीको कञ्चनरुपमा आज (आइतवार) ९ जना महिला सहित २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिकास्थित सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरको होल्डिङ्ग सेन्टरका ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा नौ जना महिला , सहित २१ जना तथा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको पिसिआर परीक्षणमा कञ्चनरुपका ६ जना पुरुषमा सङ्क्रमण देखिएको हो ।
सबैभन्दा बढी वडा नम्बर -८ मा १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
सङ्क्रमित हुनेमा कञ्चनरुप -८ का २१, ३५, ४५, ४८, ४५, २३ र २७ वर्षीया महिला, ७७, १८, ३६, १९, १०, ४१, ४२, ४७, ३० र २७ वर्षीय पुरुष तथा वडा नम्बर -९ का २५ वर्षीया महिला तथा २३ र ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको सिआइसिटि टिम संयोजक विकास गुप्ताले जानकारी दिनुभयो ।
त्यसैगरी सोही प्रयोगशालामा गरिएको परिक्षणमा उदयपुरकी १८ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको पिसिआर परीक्षणमा कञ्चनरुपका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार कञ्चनरुप-२ का ३०, ३८, ३७, ३६, ३३ र एक जना वडा नखुलेका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

योसँगै कञ्चनरुपमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ७४ पुगेको गुप्ताले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page