स्वास्थ्य

नेपालमा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण , ४ हजार २२ जना सङ्क्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१८ हजार ७ सय ८७ वटा आरटी पीसीआर परीक्षण गर्दा ८ हजार ७ सय ७७ जना र ५ सय ६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ३ लाख ९४ हजार ७ सय ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
आज थप ४ हजार २२ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख २ हजार ७ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसै गरी, कोरोनाको सङ्क्रमणबाट आज थप ८८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ३ हजार ७ सय २० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल ८८ हजार १ सय ६० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार ७ सय ३० जना संस्थागत आइसोलेसनमा र ८१ हजार ४ सय ३० जना होम आइसोलेसनमा रहेका छन्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page