समाज

सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु ,मृत्यु हुनेको संख्या ४८ पुग्यो

सप्तरी , २६ वैशाख । सप्तरीमा थप एक ३५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति मृत्यु भएको छ । जिल्लाको बोदे बरसाईन नगरपालिका १० का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
संक्रमित पुरुष यही वैशाख २२ गते बुधवार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको गए राती उपचारकै क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page