मधेस प्रदेश समाज

पर्साबाट ७० किलो भन्दा बढी अवैध लागूऔषध गाँजा बरामद

पर्सा । पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले ७० किलो भन्दा बढी अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरका सोती कलवारले घरबाट सो परीमाणमा गाँजा बरामद गरिएको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको प्रहरी टोलीले घरमा छापा मार्दा ७० केजी ४८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कलवार सुत्ने कोठाको खाटमुनि ८ प्याकेट, ४ वटा बाल्टिनभित्र ८ थान गरी जम्मा १६ वटा पोकाभित्र लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले गाँजा फेला पारेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताउनुभयो ।
निज विरुद्ध अवैध लागु औषध गाँजाको कारोबारमा संलग्न भएको आरोपमा पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रसाईले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page