उत्सव आचार्य /
सप्तरी , २८ वैशाख । कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले स्वास्थ्यकर्मीहरुको टोली लिएर आज मंगलवार होम आइसोलेसनमा रहेका कोरोना (कोभिड १९) संक्रमित व्यक्तिहरुको घरमै समस्या बुझ्ने कार्य गरी हेल्थ किट समेत वितरण गर्नुभएको छ ।
समस्या परेमा नागरीकको सेवा गरी उनीहरुको बिरामीलाई निको पार्न आफूले सक्दो सहयोग गर्ने नगर प्रमुख मिश्रले बताउनुभयो ।
नगरभित्र रहेका नागरीकलाई कसरी सुरक्षित राख्न सकिन्छ र कोभिड १९ लाई कसरी नियन्त्रण तथा रोगथाम गर्न सकिन्छ भन्ने विषयमा सचेत भई नगरपालिकाले काम गरिरहेको कुरा नगर प्रवक्ता राजकुमार साहले बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/185274337_2875972765949109_6873073578538468976_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/185274337_2875972765949109_6873073578538468976_n.png)
हामीले कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्नका लागि स्वास्थ्य शाखाले सचेत भई कामगरिरहेको स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले बताउनुभयो ।
हेल्थ किटमा एक हजार बराबरको औषधीहरु रहेको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/184954224_821979785402932_8817330679047635336_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/184954224_821979785402932_8817330679047635336_n.png)
वडा नम्बर ८ का १७ जना र वडा नम्बर ९ का ३ जना होम आइसोलेसनमा रहेका कोरोना संक्रमित व्यक्तिहरुलाई हेल्थ किट वितरण गरिएको स्वास्थ्य शाखाका सह संयोजक डम्बर प्रसाद गुप्ताले बताउनुभयो ।
नगर प्रमुख मिश्रसहितको टोलिमा नगर प्रवक्ता राजकुमार साह, स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, प्रेस सल्लाहकार उत्तम आचार्य, स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, विपिन झा, मुरारी कटुवाल सहितको सहभागिता रहेको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/183203669_3985309934891789_4904485136211148674_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/183203669_3985309934891789_4904485136211148674_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment