स्वास्थ्य

नेपालमा आज ७ हजार ८९० जना सङ्क्रमणमुक्त, ८ हजार ६०७ जना संक्रमित थपिए,१ सय ७७ को मृत्यु

काठमाडौं । नेपालमा आज थप ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
२२ हजार ३ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४ सय ७ जना र ८ सय ७३ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज १ सय ७७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । नेपालमा हाल सम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ हजार २४ पुगेको छ ।
आज थप ७ हजार ८ सय ९० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख ७४ हजार ८ सय ३६ जना कोरोनामुक्त भएका छन् । 
नेपालमा हाल १ लाख १६ हजार १ सय ९२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page