स्वास्थ्य

कञ्चनरुपमा आज चार महिला सहित १४ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप । कञ्चनरुपमा आज (आइतबार) १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राजविराज स्थित रहेको गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा २९ जनाको गरिएको परीक्षणमा चार महिला सहित १४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
संक्रमित हुनेमा कञ्चनरुप -८ का २४ वर्षीय पुरुष, वडा नं. -१२ का ५१ वर्षीय पुरुष, ५२ वर्षीय पुरुष, वडा नं. ८ का ३८ वर्षीय पुरुष, ६० वर्षीया महिला, वडा नं. १ की ४७ र ५४ वर्षीया महिला, वडा नं. ११ की १५ वर्षीया किशोरी, वडा नं. ५ का २८ वर्षीय पुरुष, वडा नं. २ का ४२ वर्षीय पुरुष, वडा नं. ८ का १५ र २० वर्षीय किशोर, वडा नं. ४ का ४४ वर्षीय पुरुष तथा वडा नं. ८ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page