स्वास्थ्य

आज ७ हजार १३५ जना सङ्क्रमणमुक्त ,७ हजार ४२५ जना संक्रमित थपिए, १ सय ८५ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज ७ हजार ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ ।
आज १९ हजार ८ सय ४६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ७ हजार २ सय २० जना तथा ६ सय ७ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा २ सय ५ जना गरी जम्मा ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज ७ हजार १ सय ३५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।
देशभरि आज कोरोना सङ्क्रमणबाट १ सय ८५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ हजार ५ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल १ लाख १५ हजार ४ सय ४७ सक्रिय सङ्क्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page