समाज

पाँच दिनदेखि हराइरहेका रबि यादवको अझै अत्तोपत्तो लागेन

राजविराज । पाँच दिनदेखि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका एक बालक हराइरहेका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका ११ सखुवा गाउँका जयनारायण यादवको १३ वर्षीय छोरा रबि यादव पाँच दिनदेखि हराएका हुन । पाँच दिन हुदासम्म बालकको अत्तोपत्तो लाग्न सकेको छैन् ।
शुक्रवार बिहान करिब ८ बजेको समयमा बालक आफ्नो हजुरबुबा (नाना)को गाउँ बभनगामाकट्टी गइरहेको बेला भगवानपुर गाउँबाट करिब ६३ वर्षीय नाम नखुलेको पुरुषको सम्पर्कमा आएको स्थानीयहरुको भनाइ रहेको यादव बताउँछन् ।
गाउँमा बालकले पहिचान नखुलेको पुरुष मेरो हजुरबुबा (नाना) हो भनेर चिनाएको समेत स्थानीयको भनाइ रहेको यादव बताउँछन् ।
अहिलेसम्म कुनै अत्तोपत्तो नलागिरहेको अवस्थामा चिन्तित रहेको बुवा जयनारायणले आफ्नो छोरो हराएको ईलाका प्रहरी कार्यालय हनुमाननगरमा समेत जानकारी गराइसकेका छन।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page