स्वास्थ्य

सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु

साँकेतिक तस्बिर

कञ्चनरुप । सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका ९ का ७५ वर्षीय पुरुषको नरसिंह अस्पताल विराटनगरमा हिजो मंगलबार मृत्यु भएको थियो । त्यस्तै वडा नम्बर ३ का ३५ वर्षीय पुरुषको जेठ ६ गते नै धरानमा मृत्यु भएको छ । सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी रुपनी गाउँपालिका २ की ५५ वर्षीया महिलाको हिजो मंगलबार मृत्यु भएको थियो । जेठ ३ गते संक्रमण पुष्टि भएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो ।
तिरहुत गाउँपालिकाकी ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । उनको आज बुधवार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पतालमा मृत्यु भएको हो । उनमा जेठ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो सँगै जिल्लामा कोरोना भाइरसको दोस्रो लहरमा ६२ जनाले ज्यान गुमाइसकेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page