स्वास्थ्य

कञ्चनरुपमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप । कञ्चनरुपमा आज (बिहीबार) ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कञ्चनरुप नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको प्रयोगशालामा २७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक महिला सहित ८ जनामा कोरोना संक्रमण देखिएको सिआसिटि टिमका संयोजक विकास गुप्ताले जानकारी दिनुभयो ।
संक्रमित हुनेमा कञ्चनरुप १२ का ३५ र ५५ वर्षीया महिला तथा ३५ वर्षीय पुरुष, वडा नं. ६ का ५४ वर्षीय पुरुष, वडा नं. ७ का ७० वर्षीय पुरुष, वडा नं. ८ का ५२ वर्षीय पुरुष, वडा नं. ९ का ६० वर्षीय पुरुष र वडा नं. ११ का ३५ वर्षीय पुरुष रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page