समाज

कञ्चनरुपमा समस्यामा परेका एक सय मुसहर परिवारलाई राहत वितरण

कञ्चनपुर (सप्तरी),जेष्ठ १५ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाका हातमुख जोर्न समस्यामा परेका एक सय मुसहर परिवारलाई राहत वितरण गरिएको छ ।
दोस्रो लहरको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि जारी गरिएको निषेधज्ञाका कारण समस्यामा परेकालाई स्टोरीज अफ नेपाल समुदायको सहयोग र दलित सरोकार मञ्च नेपाल,कञ्चनरुप नगरपालिका–८,सप्तरीको समन्वयमा एक सय परिवार मुसहर समुदायलाई शनिबार राहत वितरण गरिएको हो ।
कञ्चनरुप नगरपालिका–५ पिप्रा,रामपुर पथरी र कञ्चनरुप नपा–४ बकालमा दैनिक मजदुरी गरेर खाने मुसहर समुदायलाई राहत वितरण गरिएको हो ।

राहतमा २५ किलो चामल,३ किलो दाल,२ लिटर तेल,३ किलो मुरही,२ केजी प्याज र सरसफाई र व्यक्तिगत सुरक्षाका लागि एक पकेट माक्स ( ५० पिस),६ ओटा हाथ धुनका लागि लाइफब्याय साबुन,६ वटा कपडा धुने साबुन,२ पकेट स्यान्ट्री प्याड र एक लिटर फिनेल वितरण गरिएको दलित सरोकार मञ्चका कार्यक्रम संयोजक सुनिल सरवरियाले बताए ।
दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न मुसहर समुदायलाई राहत वितरण गरिएका मञ्चका कार्यक्रम संयोजक सरवरियाले बताए । कोशी किनारमा रहेका उक्त गाउँका अधिकांश घरलगायत निर्माणको काममा खटिने मजदुर र कृषि क्षेत्रमा श्रम गर्ने मजदुर निषेधज्ञाका कारण समस्यामा परेको जानकारी पाएपछि राहत वितरण गरिएको सरवरियाले बताए ।
स्टोरीज अफ नेपालले विगत चार वर्षदेखी मुसहर समुदायलाई सहयोग गर्दै आएको छ ।

राहत वितरणमा दलित सरोकार मञ्चका लेखा अधिकृत अमित गुप्ता,कार्यक्रम सहायक अनिताकुमारी खंग,रामपुर पथरी यूवा जीवन यादबले स्वयमसेवी भएर सहयोग गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page