मधेस प्रदेश स्वास्थ्य

प्रदेश २ मा आज २ सय ४१ जनामा कोरोना संक्रमण, ४ सय ८ जना संक्रमणमुक्त

जनकपुरधाम । प्रदेश २ मा आज थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा धनुषामा ९३ जना , बारामा ४६ जना , सिरहामा ४१ जना , सप्तरीमा २१ जना , रौतहटमा १९ जना , महोत्तरीमा ७ जना , पर्सामा ७ जना , सर्लाहीमा २ र अन्य प्रदेशका ५ जना गरी २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो सँगै प्रदेश २ मा कोरोना भाइरस संक्रमित हुनेको संख्या ३२ हजार ३ सय ७२ पुगेको छ । कोरोनाबाट हालसम्म ६ सय ७० जनाको मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ ।
प्रदेश २ मा आज ४ सय ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २१ हजार २ सय ३३ पुगेको छ ।
प्रदेशमा १० हजार ४ सय ६९ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page