स्वास्थ्य

सप्तरीमा आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि,५८ जना संक्रमणमुक्त

कञ्चनरुप । सप्तरीमा आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा कञ्चनरुप नगरपालिकाका तीन महिला सहित ९ जना , राजविराज नगरपालिकाका ६ महिला सहित ११ जना, बोर्दे बरसाइनमा एक महिला सहित तीन जना, खडकमा एक जना पुरुष, सुरुङ्गाका एक पुरुष तथा अर्को जिल्लाका एक महिला सहित तीन जना रहेका छन् ।
यो सहित जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार २२ रहेको छ । आज कोरोना संक्रमणबाट मुक्त भई ५८ जना घर फर्किएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page