समाज

अग्नीसाईर कृष्णासवरणमा कोरोना संक्रमणबाट ६५ वर्षीया महिलाको मृत्यु

साँकेतिक तस्बिर

बृजमान तामाङ /
बिरेन्द्र बजार,१७ जेठ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ की एक ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
अस्पतालबाट डिस्चार्ज भएको २४ घण्टा नबित्दै उनको आईतवार साँझ घरमै मृत्यु भएको हो । ज्वोरो, रुघाखोकीले च्यापेपछी एकसाता अगाडि अस्पतालमा उपचार गराईरहेकी महिलाको बिहिबार गरिएको पिसिआर परिक्षणबाट शुक्रवार कोरोना पोजेटिभ आएको जनाएको छ ।
राजबिराज स्थित एक निजि अस्पतालमा उपचार्थ महिलाको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले होम आईसुलेशनमा बस्न पठाएको मृतकका परिवारले बताए । स्वास्थ्यमा क्रमिक सुधार आएपछी होम आईसुलेशनमा बस्न शनिबार घर आएको २४ घण्टा नबित्दै आमाको निधन भएको उनका छोरीले जानकारी दिईन । आमाको स्वास्थ्यमा क्रमिक सुधार भएर आमाले घरमै जान्छु भनेपछि घर ल्यौ मृतकका छोरीले भनिन, आईतवार स्वासप्रस्वासमा समास्य भयो भनेर आमा आफैले एम्बुलेन्स बोलाउनु लागाउनु भयो । एम्बुलेन्समा चढाउने बितिकै उहाले हामिलाई छाडेर जानू भयो ।
मृतक महिलाको सवलाई गाउँपालिका र स्थानीय प्रशासनको समन्वयमा आईतवार नै शव ब्यबस्थापन गरिएको आग्नीसाईर कृष्णासवरन गापा वडा नम्बर २ का अध्यक्ष पशुपति चौधरीले जानकारी दिए ।
गाउँपालिकामा आइतबार सम्म ६७ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । मृत्यु हुने मध्ये स्थानीय ठेगाना भएपनी धैरैजना बाहिरै रोजगारी गर्दै आएको रहेको अग्नीसाईर कृष्णासवरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर खड्गाले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page