समाज

विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन

काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ ।
काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको उपचारका क्रममा आज (मंगलबार) अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।
४४ वर्षीय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो। थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page