समाज

उदयपुरको चौदण्डीगढी नगरपालिकाको कंचनपुरमा खानेपानीको चरम अभाव

बृजमान तामाङ /
बिरेन्द्र बजार, २० जेठ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर १ कंचनपुरमा खानेपानीको चरम अभाव भएको छ । लगातार आएको पानीका कारण पहिरोले मुहान पुरेपछी १२ घर परिवार खानेपानीबाट बन्चित भएको हो ।
खानेपानीको समस्या झेल्दै आएका कंचनपुरबासीका लागि बैकल्पिक सौर्य उर्जाद्वारा २२ लाख ५० हजारको लगानीमा खानेपानीको ब्यवस्था गरेको स्थानीय शिक्षक पदम गोलेले जानकारी दिए ।
सौर्य उर्जाको भरमा निर्भर १२ घर कंचनपुरबासी पहिरोले खानेपानीको ईन्टेक र ट्याङ्कीमा पुर्ण रुपले क्षति पुर्‍याई पानी अबरुद्ध भएपछि १२ घरपरिवारलाई खनेपानीको समस्या भएको उनले जानकारी दिए ।


गत जेठ १७ र १८ गते आएको अविरल बर्षाले मुहानमा पैरो गई मुहाननै पुरिदियो,शिक्षक गोलेले भने, दुई दिन सम्म स्थानीयबासीले हटाउने प्रयास गर्दा समेत पानी निकाल्न सकेन । गोलेले ईन्टेक र ट्याङ्की चर्किएको र पैरोले पुरेकोले तत्काल मर्मत गर्न आबश्यक रहेको बताए । एकमात्र खानेपानीको श्रोत समेत अबरुद्ध हुदा खानेपानीको चरम अभाव भएको स्थानीयहरुले बताएका छ्न ।
पानी अबरुद्ध भएपछि २ घण्टाको उकालोबाटो हिडेर खानेपानी ल्याउन बाध्य भएको उनीहरुले दुखेसो सुनाए । २०७२ सालमा सौर्य उर्जाद्वारा खानेपानीको ब्यबस्था गरेपछी कंचनपुरबासीको खानेपानीमा सहज पहुँच भएको थियो । चौदण्डीगढी नगरपालिका अन्तरगत पर्ने पाहाडी क्षेत्रका एकमात्र वडा बिकासको दृष्टिकोणले निकै पछाडी परेको छ ।
खानेपानी, बिजुली, बाटो जस्ता बिकासको आधारभुत समस्याले समेत यहाँका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page